राप्रपाको केन्द्रीय सदस्य बनिन् २३ वर्षीया सुष्मा मिश्र

लोकपथ
630
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अध्यक्षदेखि पदाधिकारीदेखि सदस्यसम्म युवाहरुको वर्चस्व देखिएको छ ।

राप्रपाको शनिबार सम्पन्न निर्वाचनमा २३ वर्षीया सुष्मा मिश्र केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । बिहान सम्पन्न मतगणनामा बाराकी सुष्मा राप्रपाको कान्छो केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएकी हुन् ।

उनी खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन् । सुष्माले १ हजार दुई सय ८७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । कानुनको विद्यार्थी समेत रहेकी मिश्र बारा क्षेत्र नम्बर ३ को (क) बाट राप्रपा महाधिवेशन प्रतिनिधि रहेकी थिइन् ।

आइतबार बिहान सार्वजनिक नजिता अनुसार अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?