नेपालले यु-१९ एसिया कप खेल्ने

लोकपथ
105
Shares

काठमाडौं । नेपालले एसीसी यु–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

नेपाली क्रिकेट संघ (क्यान)ले नेपालले एसीसी यु–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो ।

एसिया कप युनाईडेट अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ ।

एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?