काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो महाधिवेशनमा वीरबहादुर बलायरले जित हासिल गरेका छन् । उनले ६८८ मतसहित जित हासिल गरेका हुन् । कुल १ हजार ३ मत खसेकोमा उनका प्रतिद्धन्द्धी नारायणदत्त मिश्रले २ सय ८० मत प्राप्त गरेका हुन् ।
त्यसैगरी उपसभापतिमा जनकराज चौधरी (६१०) र लोकराज अवस्थी (५२३) मतसहित विजयी हासिँल गरेका हुन् ।
त्यसैगरी महामन्त्रीमा नरनारायण शाह मनु (६४८) र मेघराज खड्का (६३५) विजयी हासिँल गरेका हुन् ।
त्यस्तै सहमहामन्त्रीमा गोपाल दत्त भट्ट (५२९), चिन्तामणि भट्ट (५३३) र अम्बिका कुमारी चलाउने (६८६) निर्वाचित भएका छन् ।
त्यस्तै अन्य सदस्यहरुको नामावली आउनेक्रम जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया