आइतबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदै छ ?

लोकपथ
481
Shares

काठमाडौं । आज (आइतबार) सुनको मूल्य बढेको छ । साताको पहिलो कारोबार दिन आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापवाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२ सय रुपैयाँ पुगेको छ । गत साताको शुक्रबार चाँदीको प्रतितोला मूल्य ११ सय ९० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?