ईलाम ।खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा माईजोगमाई गाउँपालिका(५ सोयाङ घर भई ईलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्ने ३९ बर्षीय मदन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले बिहीबार घरायसी बिवादमा २६ बर्षीया श्रीमती बिमला लिम्बुलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागी ईलाम अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना पश्चात फरार रहेका लिम्बुलाई शुक्रबार बिहान प्रहरीले सोही स्थानमा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया