घरेलु मैदानमै बार्सिलोना रियल बेटिससँग स्तब्ध

लोकपथ
247
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना रियल बेटिससँग १-० गोल अन्तरले पराजित भएको हो ।

बार्सिलोनाले घरेलु मैदानमै हार व्यहोरेको हो । क्याम्प नाउमा बेटिसलाई जित दिलाउन जाउन्मीले निर्णायक गोल गरे ।

जितसँगै बेटिस अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बेटिसले १६ खेलमा ३० अंक जोडेको छ ।

बार्सिलोना २३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?