बागमतीमा कांग्रेसको अधिवेशन : पुनः निर्वाचन हुँदै, भीमसेनदासको समर्थन बानियाँलाई

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशनमा अध्यक्षका प्रत्यासी भीमसेनदास प्रधानले ईन्द्रबहादुर बानियाँलाई समर्थन जनाएका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा बानियाँले ९९२ मतसहित प्रथम भएका थिए । त्यसैगरी अध्यक्षका अर्का प्रत्यासी जगदीश्वरनरसिंह ८७२ केसीले मत प्राप्त गरे भने प्रधानले १९७ मतसहित तेस्रो स्थान हासिल गरेका छन् ।

कांग्रेसको विधान अनुसार अध्यक्षमा विजयी हुनेले ५१ प्रतिशत अनिवार्य हुनुपर्ने मान्यताका आधारमा पुनः निर्वाचन हुन लागेको लागेको हो ।
बागमतीको प्रदेश राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा प्रधानले बानियाँलाई आफ्नो समर्थन रहेको जानकारी गराए ।

आफूले दुवै प्रतिष्पर्धीहरु आफ्नो सहकर्मी रहेको तर न्याय शिद्धान्तको आधारमा आफूले बानियाँलाई समर्थन गरेको बताए ।

बानियाँले पहिलो मत ल्याएको कारण आफूले सहयोग गरेको र बागमतीको सभापतिमा बानियाँलाई समर्थन गर्न आग्रह गरे ।

बागमतीको प्रदेशको कुल २१५१ मध्ये २०८३ मत खसेको थियो । प्रधानले बानियाँलाई समर्थन गरेर सहमती गर्न लागे पनि निर्वाचन हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?