जर्मन बुन्डेसलिगा : बायर्न म्युनिख विजयी

लोकपथ
221
Shares

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गतको खेलमा बायर्न म्युनिखले जित हात पारेको छ । शनिबार राति भएको खेलमा बायर्नले डर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । किङ्स्ले कोम्यानले एक गोल गरे ।डर्टमण्डका जुलियन ब्रान्ड र अर्लिङ हालाण्डले एक एक गोल फर्काएपनि खेलमा फर्कन भने सकेनन् ।

Image

जितसँगै बायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।बायर्नले १४ खेलमा ३४ अंक जोडेको छ । दोस्रो स्थानको डर्टमण्डको ३० अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?