सिटीको जितमा वाट्फोर्ड स्तब्ध

लोकपथ
130
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भाले दुई गोल गरे । रहिम स्ट्रर्लिङले एक गोल गरे । वाट्फोर्डका चुचो हर्नान्डेजले एक गोल फर्काए पनि खेलमा फर्मन भने सकेनन् ।

जितसँगै सिटीले १५ खेलमा ३५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । वाट्फोर्ड १३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?