राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि खनिएका छन् । उनले राप्रपाको आन्तरिक निर्वाचनमा निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् ।
‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु’, थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मेन्सन गर्दै धन्यवाद समेत भनेका छन् ।
उनले अगाडि भनेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’
उनले प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्ने पनि बताएका छन् । यस्तै थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना पनि दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया