साढे ३३ केजी सुन प्रकरणः नेकपाका कार्यकर्ता पक्राउ

मोरङ । साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न रहेको आरोपमा मोरङको उर्लाबारीबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा रेवत आचार्य रहेका छन् । उनलाई जिल्लाबाट गएको प्रहरीको टोलीले बिहीबार राती करिब ९ः३० बजे नियन्त्रणमा लिएको हो । 

आचार्य उर्लाबारी–५ मा बस्दै आएका थिए ।

साढे ३३ केजी सुन तस्करीको मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा दिएको जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?