अन्तत: काँग्रेसका विजयी उम्मेदवारले पाए प्रमाणपत्र

लोकपथ
357
Shares

नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ का निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधीहलाई प्रमाणपत्र दिन अवरोध गरिएपनि अन्तत: सो प्रयास विफल भएको छ ।

संस्थापन निकट कृष्ण यादव समूहले मत परिणाम आइसक्दा पनि प्रमाण पत्र वितरणमा अवरोध गरेको थियो । तर चौतर्फी दवावपछि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरूले शनिबार साँझ प्रमाणपत्र पाएका हुन् ।

शुरुमा यादबले सर्वसहमति भन्दै चुनाव समेत रोके पनि गत मंसिर ४ गते १ सय ५१ जनाले लिखित रुपमै निर्वाचनको आग्रह गर्दै जिल्ला निर्वाचन अधिकृतलाई पत्र बुझाएका थिए । त्यसपछि चुनाव गराउन बाध्य भएपनि प्रमाणपत्र वितरणमा अवरोध गरिएको थियो । सो क्षेत्रमा संस्थापन इतर समूहका उम्मेदवार विजयी भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?