राप्रपा अध्यक्ष पशुपति शमेशर राणाले नयाँ नेतृत्वको दौडमा रहेका राजेन्द्र लिङ्देनलाई ‘काँचो नेतृत्व’ को संज्ञा दिएका छन् । लिङ्देन पक्षले राणाको समर्थन आफूहरुलाई रहेको भन्दै प्रचार गरेपछि उनले यस्तो बताएका हुन् । उनले कमल थापालाई समर्थन गरेको विषय भने आफ्नो विज्ञप्तिमा खोलेका छैनन् ।
यद्यपि अध्यक्षका अर्का प्रत्यासी कमल थापाले उत्साहित हुँदै राणाको विज्ञप्ति फेसबुकमा सेयर गरेका छन् ।
राणाले हस्तलिखित विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कुनै कुतत्वल फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपील गरेको भनेर किर्ते पोस्ट गरेको देखेँ । यो सरासर झुट हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको स्पष्ट पार्न चाहन्छु ।’
राप्रपाका एक नेताले लिङ्देन पक्षले फर्जी प्रचार गरेपछि रिसाएका राणाले विज्ञप्ति निकालेका हुन् । यसअघि राणाले आफूले नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयासमा लाग्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया