राप्रपा महाधिवेशन : बेलुका १० बजे मतदान सकिने, १२ बजे मत परीणाम सुनाइने

लोकपथ
315
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचन प्रक्रिया अन्तरगत जारी मतदानमा हालसम्म १७०० भन्दा बढी मत खसेको छ ।

बिहान ८ बजेबाट सुरु हुने भनिएको राप्रपाको निर्वाचन १२ बजेबाट सुरु भएको थियो ।

राप्रपाले बेलुका १० बजेसम्म मतदान सक्ने भएको छ । र मतदान सकिएको २ घण्टामा मत परीणमा सार्वजनिक गर्ने भएको छ ।

१० बजेसम्म मतदान सक्ने र ११ बजेबाट मत गणना थालेर २ घण्टाभित्र नतिजा सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिए ।

हाल राप्रपाको निर्वाचन प्रक्रिया जारी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?