विवेकशील साझा छिट्टै सत्तामा पुग्छ : रवीन्द्र मिश्र

लोकपथ
533
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले छिट्टै आफ्नो पार्टी सत्तामा पुग्ने दाबी गरेका छन् ।ललितपुरको जावलाखेलमा पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले निकट भविष्यमा आफ्नो पार्टी सत्तामा पुग्ने दाबी गरेका हुन् ।

‘यहीँ उभिएर राष्ट्रप्रमुखहरूले भोटो देखाउने गरेका छन् । तपाईंहरुको साथ र सहयोग रह्यो भने, देशका जनताको साथ र सहयोग रह्यो भने निकट भविष्यमा विवेकशील साझाका राष्ट्रप्रमुखले भोटो देखाउनुहुनेछ ।’

‘पञ्चायत ढल्ला, राजतन्त्र ढल्ला, माओवादी सत्तामा आउँला भनेर कसैले सोचेकै थिएन । कसैले मञ्चमा उभिएर भाषण गर्दा मान्छे हाँस्थेँ,’ उनले भने,

विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग औपचारिकरुपमा एकीकरण घोषणा गरेको छ । कल्याणकारी लोकतन्त्रलाई मुख्य राजनीतिक दर्शन बनाएको पार्टीले हालै मात्र अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको ‘विचार भन्दा माथि देश’ नामक राजनीतिक दस्ताबेजलाई पारित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?