मतपत्रमा नाम छुटेकालाई सर्वसम्मत गर्ने सहमति : प्रदेश १ मा मतदान सुरु

लोकपथ
585
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश-१ को मतदान प्रक्रिया फेरी सुरु भएको छ । मतपत्रमा नाम छुटेका तीन जनालाई सर्वसम्मत गर्ने सहमति भएपछि नेपाली कांग्रेस प्रदेश १ को मतदान प्रक्रिया अघि बढाउने तयारी भएको हो ।

मतपत्रमा नाम छुटेका जीवन नेपाली (दलित कोटा), शान्तिकला राई (महिला कोटा) र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने निर्णय भएको निर्वाचन समितिका अधिकृत भरत थापाले जानकारी दिए ।

निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि तोकिएको थियो तर मतपत्रमा तीन जनाको नाम छुटेपछि पाँच घण्टा भएको सहमतीसँगै मतदान शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?