ए डिभिजन लिग : मनाङ र संकटाको बराबरी

लोकपथ
1k
Shares

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले संकटासँग २-२ गोलको बराबरी खेलेको हो ।

संकटाका लागि निरज बस्नेत र उत्तम राईले समान एक एक गोल गरे । त्यस्तै, मनाङका लागि दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले समान एक एक गोल गरे ।

दुवै टोली बीचको खेल निकै रोमान्चक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?