फिल्म तडपले बक्स अफिसमा धमाका : पहिलो दिनमै ४ करोड कमाइ

लोकपथ
286
Shares

काठमाडौं । भारतीय बक्स अफिसमा फिल्म अन्तिम पछि अहिले अर्को एउटा स्टार किडको फिल्मले धमाका मच्चाएको छ । बलिउड अभिनेता सुनिल शेट्टीका छोरा आहान शेट्टीले आफ्नो पहिलो फिल्म तडपबाट बलिउडमा डेब्यु गरेका छन् ।

चलचित्र शुक्रबार बक्स अफिसमा रिलिज भएको हो । पछिल्लो केही दिनदेखि फिल्मको चर्चा चलिरहेको थियो । फिल्मको गीत होस् वा ट्रेलर सबैले मन पराएका छन् । यसैको फलस्वरूप आहान शेट्टी र तारा सुतारिया स्टारर फिल्म टडपले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । रिपोर्टका अनुसार फिल्मले पहिलो दिन ४ करोड कमाएको छ ।

फिल्मले ४ करोडको ओपनिङ गरेको कुरालाई लिएर फिल्मलाई दर्शकले निकै मन पराएको बताइएको छ । यसअघि रिलिज भएको जोन अब्राहम र दिव्या खोसला स्टार फिल्म सत्यमेव जयते २ ले पहिलो दिन मात्रै २ करोड कमाएको थियो ।

लालसा

योसँगै सलमान खानको अन्तिम फिल्मले पहिलो दिन ४.७५ करोड कमाएको थियो । यस्तो अवस्थामा नयाँ स्टारकास्टलाई हेर्दा ‘तडप’को पहिलो दिनको कमाई शानदार भनिएको छ । आहान शेट्टीको ‘तडप’ साउथ इन्डस्ट्रीको सुपरहिट फिल्म ‘आरएक्स १००’ को हिन्दी रिमेक हो। फिल्ममा आहान शेट्टीसँगै तारा सुतारिया मुख्य भूमिकामा छन् ।

लालसा

आहान शेट्टी र तारा सुतारिया अभिनित यो फिल्म फक्स स्टार स्टुडियोले प्रस्तुत र सह-निर्माता हो। योसँगै साजिद नाडियाडवाला यसको निर्माता हुन् । जबकि रजत अरोराले लेखेका हुन् । साथै फिल्म तडपलाई मिलन लुथरियाले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?