‘कौन बनेगा करोडपति’को १ हजार एपिसोड : अमिताभ बच्चनले खोले यस्तो राज

लोकपथ
754
Shares

काठमाडौं । भारतीय टेलिभिजनको चर्चित रियालिटी शो कौन बनेगा करोडपतिको एपिसोड निकै विशेष रह्यो । यस शोमा आमदेखि स्पेशलसम्म सबै प्रतियोगी हटसिटमा बस्ने गरेका छन् ।

तर शुक्रबार प्रसारण भएको विशेष एपिसोडमा धेरै विशेष पलहरु देखिएका थिए । यो गौरवशाली शुक्रबार केबीसी को १००० एपिसोडहरू पूरा भएको थियो । यस विशेष अवसरमा अमिताभ बच्चनकी छोरी श्वेता र नातिनी नव्या नवेली नन्दा यस पटक शोमा अतिथिको रूपमा देखा परेका थिए। यति मात्र होइन, बिग बीकी पत्नी तथा अभिनेत्री जया बच्चन पनि यो विशेष अवसरमा अनलाइन शोको हिस्सा बनेका थिए ।

KBC 13

उक्त एपिसोडमा अमिताभ बच्चनले आफ्नो परिवारसँग कुरा मात्र गरेनन्, धेरै रोचक किस्साहरू पनि सुनाए। योसँगै जया बच्चनले यस एपिसोडमा अमिताभ बच्चनलाई पनि गाली गरिन् । यससँगै शोको यो उपलब्धि देखेर धेरै वर्षदेखि शोमा होस्टको भूमिकामा देखिएका अमिताभ बच्चन पनि भावुक भए ।

सो क्रममा शोको २१ वर्षको यात्रा पनि भिडियोमार्फत दर्शकसँग सेयर गरिएको थियो । झण्डै दुई दशकदेखि चल्दै आएको यो शोले सफलताका धेरै नयाँ आयामहरू हासिल गरेको छ । शोमा आफ्नो २१ वर्षको यात्रा देखेर अमिताभ भावुक देखिए । भिडियो हेर्दै जया बच्चनले भनिन्, ‘यो शो नरोक्नुस् । यसलाई अलि कम गर्नुहोस् तर लगातार गर्नुहोस्। यहाँ भावुक बनेका बिग बी आँखाबाट आँसु पुछ्दै देखिएका थिए ।

KBC 13

यस क्रममा अमिताभले शोको होस्ट बन्नुको पछाडि एउटा अचम्मको कारण बताए । उनले भने, ‘जब म फिल्मबाट टिभीमा आउँदै थिएँ, मानिसहरूले मलाई त्यसो गर्न निषेध गरेका थिए । तर, मेरा पनि केही बाध्यता थिए । त्यो बेला फिल्ममा काम पाइनँ । त्यसैले टिभीतिर लाग्नुपर्‍यो।

अमिताभले यसका लागि लण्डन गए र त्यहाँ शो चलिरहेको देखे । यसपछि उनले च्यानललाई भने कि यदि तपाइँ पनि यस्तै वातावरण बनाउन सक्नुहुन्छ भने हामी शो सुरु गर्नेछौं। यसपछि पहिलो एपिसोडको प्रतिक्रियाले शोलाई नयाँ बाटो देखाएको छ । शोमा आएका हरेक प्रतियोगीबाट आफूले केही नयाँ कुरा सिकेको अमिताभले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?