सर्लाही – सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई बुधबार राति प्रदेश सांसदले दूर्व्यबहार गरेका छन् ।
लेखा सहायकको कामसमेत गर्दै आएका वडा नं. १ का सचिव राजेन्द्र ठाकुर र स्थानीय राजनीतिकर्मीसँग जिविस चोकस्थित एक होटलमा बसिरहेका श्रीवास्तवलाई दलबलसहित पुगेका प्रदेश सांसद् सञ्जयकुमार यादवले कुटपिट गरेका हुन् ।
यादवले वडा सचिवको झोलामा रहेका कागजातसमेत नियन्त्रणमा लिएका छन् ।
उनले साताअघि नगरपालिकाको कार्यालयमै गएर श्रीवास्तवलाई कोठामा थुनी केही योजनामा जबर्जस्ती सम्झौता र कार्यदेशमा हस्ताक्षर गर्न लगाएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया