कुन्ती शाहीमाथि खनिए दीपक: ‘चलचित्र खेल्न सजिलो छैन एकचोटी ट्राइ गर्नुहोस् पसिना छुट्नेछ’

लोकपथ
3.7k
Shares

काठमाडौं । कलाकार दीपकराज गिरीले राप्रपाकी नेत्री कुन्ती कुमारी शाहीलाई चलचित्र क्षेत्रमा गरिने अभिनय र काम सजिलो हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दीपकराज गिरीले कुन्ती कुमारी शाहीलाई यस्तो आग्रह गरेका हुन् ।

कुन्तीले अभिनेत्री रेखा थापालाई राजनीति गर्न चलचित्र खेल्नजस्तो सहज नरहेको बताएपछि दिएपछि दीपकले आफ्नो फेसबुकमा भनेका छन् “रेखा थापालाई कुन्ती जीले राजनीति फिल्म खेलेको जस्तो सजिलो छैन भन्नु भएछ । कसले भन्यो तपाईंलाई फिल्म खेल्न सजिलो छ भनेर ? एकचोटी ट्राई गरेर हेर्नु हुन्छ ? क्यामेरा अगाडि तपाईंको पसिना छुट्नेछ,” दीपक भन्छन्, “संसारका सबै काम आआफ्नो ठाउँमा गाह्रो नै हुन्छ । त्यसैले कुनै पेशालाई सजिलो ठान्ने काम नगरौं ।”

दीपक राज गिरीको पोस्ट : 

आज म लेख्दैछू ‘‘
राप्रपा को चुनाब मेरो लागि लुतो न कनाइ हो
कलाकार रेखा थापा को उम्मेदबारी र यस सम्बन्ध मा भएका बहसबाजी को बारेमा केहि लेख्न मन लाग्यो, केहि उठेका प्रश्न हरू ‘
१)गणतन्त्रबादी रेखा कसरी राप्रपारु
कांग्रेस एमाले मा पनि राजा ल्याउनु पर्छ भन्ने बिचार राख्ने मान्छेहरू छन् ,अब उनिहरू कांग्रेस वा एमाले हुन वा होइनन ?
त्यसै गरेर राप्रपा मा पनि त राजा ल्याउनु हुन्न भन्ने धार पनि होला वा हुन सक्छ नि ‘‘न रेखा त्यसमा पर्छिन् कि ?
२) रेखा थापा लाइ कुन्ती शाह जी ले “ राजनीति ,फिल्म खेलेको जस्तो सजिलो छैन ”
भन्नु भएछ, कस्ले भन्यो तपाइलाइ फिल्म खेल्न सजिलो छ भनेर‘ एकचोटी ट्राइ गरेर हेर्नु हुन्छ ? क्यामारा अगाडि तपाइको पसिना छुट्ने छ !!

संसारका सबै काम आ आफ्नो ठॉउमा गार्है नै हुन्छ त्यसैले कुनै पेशा लाइ सजिलो ठान्ने काम नगरौ हुनत: राप्रपा ले मेरो सिद्दान्त र बिचार लाइ प्रतिनिधित्व गर्दैन तथापि , मैले यो बोल्नै पर्छ एउटा कलाकार लाइ चुनाब जित्न का लागि सधै दलहरूले प्रयोग गर्दै आइरहेको र उनिहरूलाइ कुनै पनि महत्वपूर्ण जिम्मेवारी वा पदहरू वाट बन्चित गरिदैआइएको छ, यस्तो परिप्रेक्ष्यमा रेखा थापाले महामंत्री जस्तो महत्वपूर्ण पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु लाइ मैले एक कलाकारको हिसाब ले स्वागत योग्य ठान्दछू र शुभकामना पनि दिन चाहन्छू !! तैले सक्दैनस, यो तेरो काम होइन , तेरो अनुभव छैन ‘यि शब्दहरू तिन्ले प्रयोग गर्छन जो आफै असक्षम छन् !!

राप्रपाको जारी एकता महाधिवेशनमा महिलातर्फ महामन्त्री पदका लागि कलाकार रेखा थापा र नेतृ कुन्तीकुमारी शाहीबीच प्रतिस्पर्धा हुँदैछ ।

शाही अध्यक्षका उमेदवार कमल थापा प्यानलबाट राप्रपा महामन्त्रीको उमेदवार छिन् । रोखा राजेन्द्र लिङ्देन समूहबाट उमेदवार छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?