८ कक्षा पास छैन भने तपाईं अयोग्य !

काठमाडौं – सरकारले कुनै पनि सार्वजनिक पदमा रहन कक्षा ८ उत्तीर्ण हुनैपर्ने व्यवस्था गर्न लागेको छ ।

२०८३ वैशाख १ गतेपछि आधारभुत शिक्षा नलिएको व्यक्ति राज्यले प्रदान गर्ने अवसर लिनसमेत अयोग्य हुनेछन् ।

शिक्षाको अधिकासम्बन्धी ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको मस्यौदा सहमतिका लागि कानुन आयोग पठाइएको छ । आजको कान्तिपुर दैनिकमा  समाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?