रेश्मा भण्डारीसहित पाँच खेलाडी प्रशिक्षण बाहिर

लोकपथ
1.6k
Shares

काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन् । नेपाल भलिबल संघको बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट पाँच खेलाडी बाहिरिएका हुन् ।

बाहिरिएका खेलाडीमा रेश्मा भण्डारी, पुनम चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी रहेका छन् । संघले १५ सदस्सीय टिम छनोट गरेको हो ।

महिला टोलीले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि तयारी गरिरहेको छ । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।

बन्द प्रशिक्षणमा रहेका १५ खेलाडी :

प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, कविता भट्ट, मनिषा कुमारी चौधरी, अरुणा शाही, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, सरस्वती जैशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?