सेलिब्रेशन : रोहनप्रीतको जन्मदिनमा नेहाले १२ बजे काटिन् सर्प्राइज केक

लोकपथ
156
Shares

काठमाडौं । भारतीय चर्चित गायिका नेहा कक्कड र पञ्जाबी गायक रोहनप्रीतले २०२० मा विवाह गरेका थिए । दुबै बलिउडका चर्चित जोडी मध्येका एक हुन् । हालै डिसेम्बर १ मा रोहनप्रीतको २७ औं जन्मदिन थियो । जसलाई नेहा कक्कडले निकै शानदार ढंगले सेलिब्रेट गरिन् नेहा कक्कडले आफ्ना श्रीमान् रोहनप्रीतलाई राति शुभकामना दिँदै उनीसँग केक काटिन् ।

 हेर्नुहोस् भिडियो : 

नेहाले आफ्नो इन्स्टाग्रामबाट एउटा भिडियो सेयर गरेकी छिन् । जसमा रोहनप्रीत र नेहा दुवै पूलसाइडमा केक काटिरहेको देखिएका छन् । त्यसपछि नेहाले रोमान्टिक गीत ‘गल्ला करीए’ मा नाचेकी छिन्। रोहनप्रीत पनि उनीसँग डान्स गरेका थिए ।

नेहा कक्कड

नेहाको यो स्टाइललाई फ्यानहरुले निकै मन पराएका छन् । सामाजिक सञ्जालमा फ्यानले रोहनप्रीतलाई जन्मदिनको शुभकामना दिएका छन् । भिडियो सेयर गर्दै नेहाले लेखेकी छिन्, ‘ह्याप्पी बर्थडे रोहनप्रीत ।

नेहा कक्कड रोहनप्रीत सिंह

यसअघि हालै नेहा कक्कड र रोहनप्रीतले २४ अक्टोबरमा आफ्नो पहिलो विवाहको वार्षिकोत्सव मनाएका थिए । नेहा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र इन्स्टाग्राममा पतिसँगको तस्बिर सेयर गरिरहेकी हुनछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?