कांग्रेस प्रदेश निर्वाचन : लुम्बिनी प्रदेशमा मतदान सुरु

लोकपथ
455
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मतदान सुरु भएको छ ।

लुम्बिनी प्रदेशको मतदान भैरहवास्थित महेन्द्र सभागृहमा सुरु भएको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए ।

लुम्बिनी प्रदेशको मतदान बिहान १० बजेबाट मतदान सुरु हुने तालिका रहेपनि केहीबेर ढीलो गरी सुरु भएको हो ।

लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरतकुमार शाहले प्यानल खडा गरेका छन् भने संस्थापन इतर पक्षबाट अमर सिंह पुन चुनावमा होमिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?