राप्रपा महाधिवेशन : मतदान सुरु (तस्बिरमा हेर्नुहोस्)

लोकपथ
455
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचन सुरु भएको छ । बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएको निर्वाचन भर्खरै सुरु भएको हो । अध्यक्षको उमेदवार राजेन्द्र लिङ्देनले निर्वाचनमा मतदान गरी मतदान सुरु गरेका हुन् ।

निर्वाचन प्रक्रिया ढिलो सुरु हुँदा बिहान ४ बजेदेखि लाइनमा लागेका राप्रपाका प्रतिनिधिहरु आक्रोशित भएका थिए । निर्वाचन समितिले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको थियो ।

अध्यक्ष, ४ उपाध्यक्ष र ३ महामन्त्री पद र सदस्यहरुको पदमा निर्वाचन हुँदैछ ।

हिजो शुक्रबार राप्रपामा अध्यक्षसहित १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाको उमेदवारी दर्ता भएको छ । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उमेदवारी दर्ता भएको राप्रपाले जनाएको छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उमेदवारी दर्ता भएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?