सत्ता टिकाउने जोहो : बागमती प्रदेशमा अब १४ वटा मन्त्रालय

लोकपथ
234
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका मन्त्रालयहरू विभाजन गरेको छ । सत्तारुढ गठबन्धनमा मन्त्रीको भाग पुर्‍याउन प्रदेश सरकारले यस अघि कायम रहेको ८ मन्त्रालयलाई विभाजन गरी १४ वटा पुर्‍याएको छ ।

भागबण्डा नमिल्दा कसले कुन र कति मन्त्रालय पाउने भन्ने बारे गठबन्धनका दलहरूबीच सहमति हुन सकेको थिएन ।

मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा गठबन्धनको सरकार कायम छ । प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस र जनता समाजवादी पार्टी सहभागी रहेका छन् ।

प्रदेश सरकार स्थापनाका बखत बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ७ मन्त्रालय थिए ।

अब प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित प्रदेशमा आन्तरिक मामिला तथा कानुन, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी मन्त्रालय यस्तै, खानेपानी ऊर्जा तथा सिँचाइ, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार विकास, श्रम रोजगार तथा यातायात, यूवा तथा खेलकुद, वन तथा वातावरण, सामाजिक विकास र स्वास्थ्य मन्त्रालय रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?