कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा मतदान सुरु

लोकपथ
702
Shares

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । मतदान शनिबार बिहान १० बजेपछि धनगढीस्थित निर्माण व्यवसायी महासंघ कैलालीको कार्यालयमा सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर र नारायणदत्त मिश्र रहेका छन् । बलायर र मिश्र प्यानलसहित चुनावी दौडमा रहेका छन् ।

No description available.

बलायर देउवा समूहबाट सभापतिको उम्मेदवार बनेका हुन् । त्यस्तै मिश्र भने पौडेल पक्षबाट उम्मेदवार बनेका हुन् ।

बलयारको प्यानलबाट उपसभापतिमा जनक चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह (मनु) र मेघराज खड्का र सहमहामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका चलाउने उम्मेदवार रहेका छन् ।

यस्तै, यता मिश्र प्यानलबाट उपसभापतिमा मनबहादुर रावल र गोपाल गुरुङ, महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाही र सहमहामन्त्री पदमराज पन्त, नरेन्द्र भट्ट र खिना भण्डारी ९कुँवर० ले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?