ए डिभिजन लिग : संकटा र मनाङ भिड्दै, कसले मार्ला बाजी ?

लोकपथ
858
Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो चरणको खेल अन्तर्गत आज शनिबार दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन् । आज दुवै टिम जितको खोजिमा मैदान उत्रने छन् । संकटा र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

संकटा २ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ भने अपराजित मनाङ २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस्तै दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटी भिड्दै छन् ।

च्यासल र एनआरटीबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?