एमालेले चितवनमा महाधिवेशन गरेर विकास देख्योः प्रचण्ड

लोकपथ
130
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको केन्द्र बन्न पुगेको पनि बताए ।

शनिबार नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै भने, ‘हुँदाहुँदा अब त राजनीतिको केन्द्र पनि चितवन भएको छ’, प्रचण्डले भने, ‘केही दिनअगाडि यहाँ मेलाजस्तैगरी मान्छे भेला भएर नारायणी के हो, चितवन के हो, यहाँको भौतिक पूर्वाधार के हो देखेर जाने त एउटा कुरा भयो । चितवनमा विकास त भएको रहेछ भन्ने कुरा उपस्थित भएका मान्छेहरुले देखेर गए नै । त्यसको साथै चितवन जिल्लाको राजनीतिक महत्व के हो भन्ने कुरा पनि थापित गरेर गएको लाग्छ ।’

प्रचण्डले चितवन राजनीतिको केन्द्र हुनुलाई आफूले नकारात्मक रुपमा नलिएको पनि बताए । उनले भने, ‘यसलाई पोजेटिभ नै लिएको छु । किनभने, देशभरका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक तथा पर्यटकीयस्थलहरु सबै जमिन र जंगलको स्थिति बुझेर जानु भनेको हामी चितवनबासीहरुको लागि खुसी र गर्वको कुरो हो ।’

उनले एमालेमात्रै नभएर अरुअरु पार्टीहरुलाई पनि चितवनमै कार्यक्रम गर्न आग्रह गरे । उनले चितवनमा विकास तीव्र गतिमा भइरहेको र निरन्तर लागिपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?