सुटिङका लागि यी बलिउड अभिनेता नेपाल भ्रमणमा

लोकपथ
117
Shares

बलिउड अभिनेता केके मेनन नेपाल आएका छन् । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनी वेब सिरिज ‘फेक’ सुटिङका लागि उनी नेपाल आएका हुन् ।

कृष्णदशारा कोथापालीको निर्देशन रहने ‘फेक’ को शनिबारबाट काठमाडौँमा सुटिङ सुरु हुँदैछ । यसै सुटिङका लागि दक्षिण भारतीय सुपरस्टार विजय सेतुपाथी शनिबार काठमाडौँ आउँने सिरिज सुटिङका नेपाल ब्यवस्थापन जिम्मा लिने थ्री ह्विलर्स प्रालिका अध्यक्ष सुरज आचार्यले जानकारी दिए ।
४ दिन नेपाल छायांकन सेड्युल रहेको सिरिजको सुटिङ त्रिभुवन विमानस्थल र बसन्तपुर क्षेत्रमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?