कांग्रेसमा लफडा–विजयी भएकालाई प्रमाणपत्र वितरणमा आनाकानी

लोकपथ
156
Shares

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत विभिन्न जिल्लामा अधिवेशनका क्रममा विवाददेखि झडपसम्मका खबरहरु समेत आइरहेका छन् । यसैक्रममा रौतहतमा भने विजयी भएकालाई प्रमाणपत्र वितरणमा आनाकानी गरिएको खबर बाहिरिएको छ ।

रौतहट क्षेत्र नम्बर ४ को निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधीहरूको प्रमाणपत्र बनाउन कृष्ण यादव समूहको अवरोध गरेको आरोप लागेको हो।

शुरुमा यादवले सर्वसहमति भन्दै चुनाव नै रोकेपनि गत मंसिर ४ गते १ सय ५१ जनाले लिखित रुपमै निर्वाचनको आग्रह गर्दै जिल्ला निर्वाचन अधिकृतलाई पत्र बुझाएका थिए। त्यसपछि यादब समूह चुनाव गराउन बाध्य भएको थियो । तर परिणाम आइसकेपछि प्रमाणपत्र वितरणमा भने आनाकानी गर्ने काम भएको हो ।

संस्थापन निकट यादवले अलोकतान्त्रिक चरित्र देखाएको भन्दै स्थानीय कार्यकर्ताले प्रदर्शन गरेका छन् । उनीहरुले तत्काल प्रमाणपत्र वितरण नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?