२७ श्रावण २०७९, शुक्रवार

भक्तपुरमा माओवादी केन्द्रका नेताहरु माधव नेपालको पार्टीमा प्रवेश

२०७८,मङ्सिर,१७,शुक्रवार २०:४८

522
Shares

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बुद्धिजीवी, चिकित्सक तथा इञ्जिनीयरलाई आफ्नो पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीमा आउने सबैको उचित मूल्याङकन गरिने बताएका हुन् । उनले अहिले देशव्यापीरूपमा एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर बढेको बताउँदै अबको निर्वाचनमा ठूलो दलका रूपमा आफ्नो पार्टी स्थापित हुने जिकिर गरे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता ओमचरण अमात्य, नारायणप्रसाद वैद्य, न्हुच्छेबहादुर ढुकुछु र जयन्द्र अमात्य तथा अन्य पार्टीबाट डा दिनेश भुजु, डा लक्ष्मी शिल्पकार, डा राजन सुवाल, डा प्रकाश सुवाल, डा तिलक श्रेष्ठ, डा अनुपमा अमात्य, इञ्जिनीयर रविन ढुकुछुलगायत एकीकृत समाजवादीमा प्रवेश गरेको जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१७,शुक्रवार २०:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज (शुक्रबार) निर्वाचन आयोगमा चार दल दर्ता भएका छन् । आयोगले दिएको तथ्याङ्क अनुसार संघ तथा प्रदेश सभा

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तय गरेसँगै गाउँदेखि सहरसम्म निर्वाचनको सरगर्मी बढ्न थालेको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार बिहानका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सभापति देउवाले शनिबार

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको बताएका छन् । विकासको

ताजा समाचार

मिर्गौला रोगबाट ग्रसित एक पुरुष मृत भेटिए
 २०७९,श्रावण,२७,शुक्रवार १९:१८
युवा क्लबकाे सक्रियतामा सरसफाई गरिँदै
 २०७९,श्रावण,२७,शुक्रवार १७:४७