कांग्रेस महाधिवेशन : सुदूरपश्चिममा केन्द्रको हस्तक्षेप बढ्दा गुटउपगुटबीच प्रतिस्पर्धा हुने

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसमा केन्द्रको हस्तक्षेप बढ्दा गुटउपगुट बनेको छ । संस्थापन पक्षकै प्रदेश सभापतिमा आकांक्षी बढी भएपछि केन्द्रले हस्तक्षेप गर्दा अब हुने निर्वाचनमा दुई गुटबीच प्रतिस्पर्धा हुने भएको हो ।

संस्थापन पक्षकै प्रदेशमा धेरै नेताहरुको सभापतिमा आकांक्षी भएपछि सबैको साझा उम्मेदवारका रुपमा वीरबहादुर बलायरलाई अघि बढाइएको थियो । प्रदेश कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्न केन्द्रबाट हष्तक्षेप भएको थियो । पार्टीभित्र निर्वाचन नगराई सभापतिमा नेता बलायरलाई चयन गर्ने प्रयास स्वरुप बिहिबारदेखिनै देउवा पक्षका नेता रमेश लेखक, एनपी साउद र पौडेल पक्षका मन्त्री दिलेन्द्रप्रसाद बडुबिच विभिन्न चरणमा छलफल भएको थियो ।

पार्टी सभापतिका लागि प्रदेशमा कैलालीका नरनारायण शाह, बझाङका अर्जुनजंग बहादुर सिंह, अछामका गोविन्दबहादुर शाह, कञ्चनपुरका गोपालसिंह गुरुङ, कैलालीका हिमबहादुर रावल र प्रदेश सभा सदस्य गोविन्दबहादुर बोहरा आकांक्षी रहेका थिए । केन्द्रको हष्तक्षेप पछि पौडेल पक्षले पनि सभापतिमा नारायण मिश्रलाई सभापतिमा उठाउन दबाब दिएको थियो ।

बिहीबारसम्म कुनै आकांक्षी नदेखाएका मिश्रले शुक्रबार विहानमात्र आफू सभापतिको दाबेदार रहेको घोषणा गरेका थिए । ‘म सभापतिमा उठ्ने थिएन । नेता पौडेलले दाबी गर्न भनेपछि म सभापतिमा उठेको हु’ उनले भने –‘हामीले पुरै प्यानलसहित उम्मेदवारी दिएका छौं ।’

देउवा पक्षका पनि सभापतिका आकांक्षी नरहेका बलायरले पनि शुक्रबार उम्मेदवारी दिएका छन् । ‘म सभापतिको आ“काक्षी थिएन । मलाई हुन पनि मन थिएन । साथीहरुलाई मिलाउन र उहाँहरुकै आग्रहमा म सभापतिमा उठेको हु’ उम्मेदवारी दर्ता गर्दै उनले भने –‘पार्टीलाई सक्षम, बलियो र सुदृढीकरण गर्न पनि मैले उम्मेदवारी दिएको छ ।’ उनले आफुले पार्टी चलाउने जिम्मेवारी आफुले पाए पार्टीभित्रका सबै असन्तुष्ट व्यक्तिहरुलाई मिलाएर अघि बढ्ने बताए ।

‘यहाँ सैद्धान्तिक रुपमा कसैका बिचमा विमति छैन । यो लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक मूल्य र मान्यतालाई स्विकार गर्न नसक्नेहरुले यो पार्टीभित्र बसेर तिगडम गर्ने पनि अधिकार छैन’ उनले भने ।

बलायरले सुर्यमा भोट हाल्ने तर काँग्रेसमा बसिराख्नेलाई बाटो काट्न आग्रह गरेका छन् । ‘सुर्यमा भोट हालिराख्ने कांग्रेसमा बसिराख्नेले बाटो काटे हुन्छ,’ उनले भने, ‘का“ग्रेस काम गर्नेको, सक्रिय रहने, सिद्धान्त रहनेको पार्टी हो ।’ सिद्धान्त, निष्ठा र क्रियाशिलका आधारमा पार्टीलाई अगाडी बढाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । कम्युनिष्टको चपेटामा रहेको सुदूरपश्चिमलाई कम्युनिष्टमुक्त बनाउन आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?