आज दिनभर के-के भए भए ? मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

१. राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोली निर्वाचन हुँदै, अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनद्वारा प्यानलसहित उम्मदेवारी दर्ता

२. अबको केही महीनामै स्थानीय तहको चुनाव हुने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाइ, जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन

३. परमादेशको सरकारबाट देश नचलेको भन्दै ताजा जनादेशमा जान एमाले अध्यक्ष ओलीको आग्रह, मंसीर २८ गते हुने संसद बैठक चल्न नदिने अडान
. प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि नेपाल बार एशोसियशनको आन्दोलन जारी, जबरा कायममुकायम प्रधानन्यायाधीश बन्न नदिन अस्पतालबाट डिस्चार्ज भएको आरोप
. नेपाली कांग्रेसको इतिहास र संघर्षका गाथा गौरवशाली भए पनि वर्तमान अवस्था त्यो सुहाउँदो नभएको नेता शेखर कोइरालाको भनाइ, महाधिवेशनले युग सुहाउँदो कांग्रेस निर्माण गर्ने अवसर प्रदान गरेको दाबी

६। विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने माओवादी केन्द्रको निर्णय, राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकियो

७. विवेकशील साझाले शनिबार ललितपुरमा बृहत् आमसभा गर्दै, दरबारसहित दुई पार्टीसँग एकता गर्ने

८. नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न कतार सहमत, घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको आग्रह

९.राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार विद्यार्थीले ल्याए ‘ए प्लस’, ‘ए’ जीपीए ल्याउनेको संख्या ४० हजारभन्दा बढी

१०. बितेको २४ घण्टामा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ४७ जना संक्रमणमुक्त, मृतकको संख्या शून्य

११. यस साता सेयर बजारमा १४५ दशमलव ५९ अंकको गिरावट, दैनिक ३ अर्ब हाराहारीमा मात्रै कारोबार

१२. अमेरिकाको न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए, ओमिक्रोन फैलिन थालेपछि अमेरिकन राष्ट्रपति बाइडेनद्वारा यात्रासम्बन्धी नियममा कडाइ

१३. भारतको केरलामा एक कम्युनिस्ट नेताको चक्कु प्रहार गरी हत्या, घटनामा आरएसएस संलग्न भएको आरोप

१४. ‘ए’ डिभिजन लिग अन्तर्गत तेस्रो चरणको पहिलो खेलमा थ्रीटार र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा, दुवै टोलीले एक÷एक अङ्कमा चित्त बुझाए

१५. र, अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमतीलाई हराउँदै सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश, फाइनलमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?