सुदूरपश्चिममा कांग्रेस महाधिवेशन : बलायर र मिश्रबीच प्रतिष्पर्धा हुने, को-को छन् प्यानलमा ?

लोकपथ
2.1k
Shares

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिष्पर्धा हुने भएको छ ।

देउवा प्यानलका वीरबहादुर बलायर र पौडेल पक्षका नारायण मिश्रले प्यानल बनाएर शुक्रबार भएको उम्मेदवारी दर्ता गरेका हुन्।

बलायरको टीमबाट उपसभापतिमा बैतडीका नेता लोकराज अवस्थी र कैलालीका जनक चौधरी, महामन्त्रीमा कैलालीका नरनारायण शाह (मनु) र अछामका मेखराज खडका, सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणी भट्ट, गोपाल भट्ट र अछामकी अम्बिका चलाउनेले उम्मेदवारी दर्ता गराएका हुन्।

मिश्रको टीमबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्धामी र रामबहादुर शाही, सहमहामन्त्रीमा नरेन्द्र रोकाया र नरेन्द्र भट्टले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रधानमन्त्री देउवाको वर्चश्व रहेको यस प्रदेशमा वडादेखि क्षेत्रीय अधिवेशनसम्म आउदा प्यानल भने देखिएको थिएन। प्रदेशको प्रथम अधिवेशनमा देउवा र पौडेलबीच दुई प्यानल खडका गरिएको छ ।
प्रदेशमा तीन जिल्ला सभापतिमा पौडेल पक्ष निर्वाचित भएको छ भने चार जिल्लामा देउवा पक्षका जिल्ला सभापति रहेका छन । प्रदेशको दुई जिल्लामा अधिवेशन स्थगित गरिएको छ ।

‘प्रदेशको सभापतिमा कैलाली पार्टी सभापति नरनारायण शाह मनुले प्रतिष्पर्धा गरेको भए यहाँ दुई प्यानले हुँदैनथ्यो’ एक नेताले भने –‘उहाँ पछि हटेपछि यहाँ गुटउपगुटको राजनीति भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?