केन्द्रको असर प्रदेशमा देखियो : प्रदेश २ मा देउवा र निधिका उम्मेदवारबीच प्रतिष्पर्धा

लोकपथ
203
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नं २ सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि समूहबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रदेश २ सभापतिका लागि देउवा समूहबाट कृष्णा यादवले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यसैगरी निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका रामसरोज यादवले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रमा निधिले सभापति उठ्ने घोषणा गरेसँगै देउवा क्याम्पमै रहे पनि प्रदेशमा त्यसको असर देखिएको छ ।

आगामी १४ औँ महाधमा निधिले सभापतिमा उठ्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?