सुदूरपश्चिम कांग्रेस सभापतिमा संस्थापन पक्षबाट बलायरले दर्ता गराए उम्मेदवारी

लोकपथ
231
Shares

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमको सभापतिमा पूर्वमन्त्री एवं पार्टी केन्द्रीय वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् ।

सभापति शेरबहादुर देउवा समूहबाट बलायरले उम्मेदवारी दिएका हुन् । देउवा प्यालनबाट नै धेरै जनाको उम्मेदवारी परेको कारण अन्यौलता छाएको थियो । विभिन्न चरणको छलफलपछि डोटीका बलायरले उम्मेदवारी दिने पक्का भएको हो । त्यसको लागि सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने कांग्रेसका नेताहरुले विभिन्न चरणमा छलफल गरेका थिए ।

बलायरको समर्थक धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र प्रस्तावक कञ्चनपुरका पदम बोगटी रहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाका विशेष पात्र मानिएका रमेश लेखक, एनपी साउद र पौडेल खेमाका नेता दिलेन्द्रप्रसाद बडुबीच बिहीबारदेखि विभिन्न चरणमा छलफल भएको थियो ।

सभापतिमा बलायरलाई बनाउने प्रयास भएपछि मनोनयन कार्यतालिका समेत सारिएको थियो । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता कार्यतालिका थियो । सर्वसम्मत रुपमा बनाउन छलफल जारी रहेकाले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय दिउँसो २ बजेदेखि ४ बजेसम्म तोकिएको छ ।

देउवानिकटकै सात जना आकांक्षी भएपछि बलायरलाई सर्वसम्मत रुपमा सभापति बनाइन लागेको भए पनि प्रदेशको अधिवेशन चुनावमै जाने देखिएको छ ।

पार्टी सभापतिका बलियो आकांक्षी पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह र महामन्त्रीमा कैलाली सभापति नरनारायण शाह सभापतिको बलियो उम्मेदवार हुन् ।

सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाही (अछाम), पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंग बहादुर सिंह (बझाङ), कैलाली जिल्ला सभापति नरनारायण शाह, कैलाली निर्वाचन क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दबहादुर बोहरा, कञ्चनपुरका गोपालसिंह गुरुङ र डोटीका महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन् ।

यता संस्थापन इतर समूहबाट कैलालीका नारायण मिश्रले उम्मेदवारी दिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?