उत्तर कोरियाले नष्ट गर्यो आणविक परीक्षण क्षेत्र

उत्तर कोरियाले पत्रकारहरुको उपस्थितिमा आफ्नो आणविक परीक्षण क्षेत्र नष्ट गरेको छ । 

पातलो जनसङ्ख्या भएको उत्तरपूर्वी हिमाली क्षेत्रमा अवस्थित  ‘प्यूङ्गे–रि’ नामक परीक्षण क्षेत्रलाई आज नष्ट गरिएको हो । 

के यो ‘परमाणु मुक्त’ हुने विषयमा ट्रम्प र उनबीच भईरहेको विवाद अन्त्य हुने सङ्केत हो त ?

सोही कारणले गर्दा उत्तर कोरिया र अमेरिकाबीच हुने भनिएको ऐतिहासिक सम्मेलन पनि स्थगित गरिएको थियो । तर उत्तर कोरियाले चालेको यो कदमले सम्मेलन छिट्टै हुन सक्ने सम्भावना देखिएको कुरा स्रोत बताउँछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?