कुलोमा पानी लगाउन जाँदा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का रूद्धजंग पाण्डेको मृत्यु भएको छ ।
बुधबार बिहान कुलोमा पानी लगाउन गएका पाण्डेको पानी थुन्नका लागि स्याउला खसाल्न रूखमा चढेका थिए ।
रुखबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पाण्डेको श्रीमती र तीन छोरा छन् । उनका छोरा ठाकुरजंग पाण्डे नेपाली कांग्रेसको क्षेत्रीय महाधिवेशन प्रतिनिधि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया