नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार करिब एकसठ्ठी प्रतिशत नेपाली जनतासँग ईन्टरनेटको पहुँच छ । त्यसैले ईन्टरनेट ‘मोडर्न चौतारी’ बनिसकेको छ ।
विभिन्न खालका मानिसहरुको जम्काभेट हुने ईन्टरनेटमा सावधानी नअपनाएको खण्डमा ठूल्ठूला र्दुघटना घट्छ भनेर हामीले देख्दै, सुन्दै, भोग्दै आएका छौँ ।
साईबर क्राईमले समाजमा विस्तारै आफ्नो जरा फैलाउँदै गएको छ । अधिकांश साईबर क्राईमका घटना फेसबुक, ट्वीटर आदिजस्ता सामाजिक सञ्जालबाट भइरहेका छन् ।
गाली, मानहानी, चरित्र हत्या जस्ता अनैतिक काम मात्र नभएर गैरकानूनी रुपमा अनलाईन मनी ट्रान्सफर बाट रकमको कारोबार, अनलाईनमा पोर्नोग्राफी वा अन्य सेक्स व्यापार आदिजस्ता क्रियाकलाप भईरहेका छन् ।
यस्ता दुर्घटनाबाट बच्न के गर्ने त ? अपनाउनुहोस् यी सामान्य टिप्सहरु :
- प्रत्येक अकाउन्टका लागि बेग्लाबेग्लै पासवर्ड राख्ने
- अनावश्यक लटरी, उपहार, पुरस्कार आदिसँग सम्बन्धित लिंक नखोल्ने
- कुनै फाईल, सफ्टवेयर डाउनलोड गर्दा प्रमाणित र भरपर्दो स्रोतको प्रयोग गर्ने
- ब्राउजर वा अपरेटिङ्ग सिस्टम अपडेट गरिरहने
- आफ्नो पासवर्ड कसैलाई थाह नदिने साथै सजिलैसँग पत्ता लाउन सक्ने पासवर्ड नराख्ने
- कुनै वेबसाईटले व्यक्तिगत सूचनाहरु माग्ने हुनाले आफ्नो बारेमा चाहिनेभन्दा बेसी सूचना नदिने
- सार्वजनिक वाईफाई सकेसम्म प्रयोग नगर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया