१२ माघ २०७८, बुधबार

उत्कृष्ट नतिजासहित कक्षा १२ पास भइन् रचना रिमाल

२०७८,मङ्सिर,१७,शुक्रवार १३:०६

22.455k
Shares

काठमाडौं । पछिल्लो समय निकै चर्चामा गायिका रचना रिमाल कक्षा १२ परीक्षामा उत्तीर्ण भएकी छन् । उनी ‘ए’ ग्रेड ल्याएर उत्तीर्ण भएकी हुन् । उनले ३.४४ जिपिए प्राप्त गरेकी छन् । उनले सामाजिक संजालमार्फत् उक्त कुरा जानकारी गराएकी हुन् ।

‘नेपाल आइडल सिजन-२’ बाट सांगीतिक यात्रा सुरु गरेकी रिमाल पछिल्लो समयकी निकै व्यस्त गायिकामा पर्छिन् । रचना गीत रेकर्डिङ र कार्यक्रममै व्यस्त हुन्छिन् । पढाईमा खासै समय दिन नभ्याएकी उनले उकृष्ट नतिजासहित कक्षा १२ पास गरेकी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार कक्षा १२ मा तीन लाख ७४ हजार १५ परीक्षार्थीमध्ये सात हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएको, ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड ल्याएको, ७० हजार एक जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । ‘सी’ प्लस ग्रेड परीक्षार्थी ७५ हजार ८८ जना र ‘सी’ ग्रेड ल्याउने २४ हजार ५१५ परीक्षार्थी रहेका छन् ।

बोर्डका अनुसार ‘डी’ प्लस ल्याउने परीक्षार्थीमा तीन हजार ८७५ रहेका छन् भने ‘डी’ प्लस ल्याउने परीक्षार्थी २९६ जना छन् भने १० हजार ७३ परीक्षार्थीले ‘इ’ ग्रेड ल्याएका छन् । परीक्षामा सहभागीमध्ये ४६ जना परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको र चार जना परीक्षार्थीलाई आगामी एक वर्षसम्म बोर्डको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी रद्द गरिएको बोर्डले जानकारी दिएको छ ।

बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि असोज ८ गतेसम्म होम सेन्टरमा कक्षा १२ को परीक्षा लिएको थियो । तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट https://www.neb.gov.np/results, नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/मा गएर हेर्न सकिन्छ ।

यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१७,शुक्रवार १३:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । पाँच युवाले विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गरेका छन्

काठमाडौं । बलिउड अभिनेत्री काजोल र अभिनेता अजय देवगनकी छोरी न्यासा देवगन सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले बेलाबेला

काठमाडौं । बलिउड अभिनेत्री तथा निर्माता दीपिका पादुकोण यतिबेला आफ्नो आगामी फिल्म ‘गहरियान’को प्रोमोसनमा जुटेकी छिन् । हालै फिल्मको प्रोमोसनका

काठमाडौं । अमेरिकी अभिनेत्री तथा संगीतकार इभान रेचेल वुडले मर्लिन म्यानसनमाथि बलात्कारको गम्भीर आरोप लगाएकी छन् । अभिनेत्रीले सन् २००७

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४