काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज सात वटै प्रदेशमा उम्मदेवारहरुको मनोनयन दर्ता हुँदैछ । शनिबार हुने निर्वाचनका लागि आज सातै वटा प्रदेशको राजधानीमा मनोनयनको प्रक्रिया पूरा भइ निर्वाचनका लागि तयारी गरिँदैछ ।
सोही क्रममा बागमती प्रदेशमा भने बिहान ८ देखि दिउँसो १ बजेसम्मका लागि मनोनयनका लागि समय तोकिएको छ । त्यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गरी जाँचबुझ गर्ने समय छुट्टयाइएको छ । त्यस्तै दिउँसो ३ बजे सो उपर निर्णय हुनेछ भने ३ बजेदेखि ४ बजेसम्मका लागि उम्मदेवारहरुको पहिलो नामावली प्रकाशन हुनेछ । त्यसैगरी ४ बजेदेखि ५ बजेसम्मका लागि मनोनयन फिर्ता र ६ बजेसम्मका लागि अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै शनिबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म निर्वाचनको मिति तोकिएको छ ।
प्रदेश सभाको पहिलो निर्वाचनका लागि बागमतीमा तीन जनाको उम्मेदवारी परेको छ । जसमा संस्थापन पक्षबाट ईन्द्र बानियाँ, पौडेल पक्षबाट जगदिश्वरनरसिंह केसी र सिटौला समूहबाट भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया