रोचक राप्रपा महाधिवेशन : तानातानमा बिक्रम पाण्डे, दुवै प्यानलबाट उपाध्यक्ष

लोकपथ
511
Shares

काठमाडौं । बुधबारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन काठमाडौंमा जारी रहेको छ ।

बुधबार उद्घाटन सत्र भएको थियो । बिहीबार दुवै समूहले आ(आफ्नो प्यानल घोषणा गरेको छ । भने शनिबार (भोलि) हुने निर्वाचनका लागि शुक्रबार (आज) मनोनयन दर्ता हुुँदैछ । दुवै पक्ष अर्थात् कमल थापा र राजेन्द्र लिङ्देन पक्षले उम्मेदवारी घोषणा गरेका छन् । जसमा दुवै समूहमा राप्रपाका नेता बिक्रम पाण्डेको नाम उपाध्यक्षमा राखेको छ ।

सोही क्रममा दुवै पक्षका नेताहरुले पाण्डे आफ्नो समूहमा रहेको दाबी गर्दै आएका छन् ।

थापा समूहले पाण्डे पपुलर नेता भएकाले पपुलारिटी क्यास गर्न खोजिएको आरोप लगाएको छ । चार दिनदेखि पाण्डेसँग थापा समूहसँगै रहेको बताउँदै सोही प्यानलको निर्वाध उपाध्यक्ष रहेको दाबी थापा समूहको रहेको छ । थापा समूहका एक नेताले भन्छन्, ‘४ दिनदेखि हामीसँगै छौ । पपुलर नेता हुन, पपुलारिटी क्यास गर्न खोज्यो । त्यस्तो केही होइन । थापा प्यानलका निर्वाध उपाध्यक्ष हुन्।’

त्यसैगरी लिङ्देन प्यानलले भने युवाहरुलाई अगाडी बढाउनका लागि लिङ्देन पहिल्यैदेखि आफ्नो प्यानलमा रहेको दाबी गरेको छ । साथै थापा समूहले पाण्डेलाई थापा समूहले फण्डा गरेर आफ्नो प्यालनमा पार्न खोजेको स्पष्ट पारेको छ ।

लिङ्देन समूहका एक नेताले भने, ‘पहिलेदेखी उपाध्यक्ष हुन । युवालाइ अघि बढाउन उहाँ हाम्रो प्यानलमा हुनुहुन्छ । थापा प्यानलमा हुन भन्ने फण्डा हो । उनीहरुले फण्डा गरे।’

दुवै प्यानलले आफूलाई दाबी गरिरहँदा पाण्डेले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनले सञ्चारकर्मीहरुसँग त्यसबारेमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा उम्मदेवारको मनोनयन सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?