आजको बजार : साताको अन्तिम दिन के भयो सुनचाँदीको मूल्य ?

लोकपथ
728
Shares

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ५ सय रहेको थियो । भने आज सुनको मूल्यमा २ सयले गिरावट आइ ९१ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी तेजावी सुनको मूल्य ९० हजार ८ सय रहेको छ ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य ११ सय ९० रहेको थियो । भने आज पनि त्यही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?