शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणको खेल हुँदै

लोकपथ
325
Shares

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गतको तेस्रो खेलमा आज फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज हुने शहीद स्मारक ए डिभिजन लिगको खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा गर्ने भएका हुन् ।

जसअनुसार फ्रेण्ड्स र थ्री स्टारबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ । यस सिजन फ्रेण्ड्सले जित हात पार्न सकेको छैन । पहिलो खेलमा सातदोबाटोसँग बराबरी खेलेको फ्रेण्ड्स दोस्रो खेलमा संकटासँग अग्रता जोगाउन नसक्दा पराजित भएको थियो ।

त्यस्तै, थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सातदोबाटोसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?