कांग्रेस महाधिवेशन : सुदूरपश्चिममा मनाेनयन दर्ता कार्यतालिका फेरियो

लोकपथ
195
Shares

धनगढ़ी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको मनाेनयन दर्ता कार्यतालिका फेरिएकाे छ ।प्रथम सुदुर पश्चिम प्रदेश अधिबेशनको सर्ब सम्वतको प्रयासका लागि केही समय परिवर्तन गरिएको हाे ।

बिहान ८ बजेदेखि ११ बजेसम्म मनाेनयन दर्ता कार्यतालिका रहेकाेमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज दिउँसो २ बजे देखि ४ बजे गरिएकाे छ ।

यस्तै मनोनयन पत्र माथी पर्ने दाबी, बिरोध दर्ता गर्ने जाचबुझ गर्ने ४.३० बजे देखि दिउसो ५”बजे, सो उपर निर्णय ५.३०, उम्मेदवारको नेपाली बर्णनुक्रम ( देवानगरी, लिपि) पहिलो नाम प्रकाशित गर्ने ५ .३० बजे कायम गरिएकाे छ ।

यस्तै, मनोनयन फिर्ता लिने ५.३० देखि ६.३० बजे, अन्तिम नामवली प्रकाशन साँझ ७:३० बजे र मतदान भाेली बिहाना ८ बजे देखि ताेकिएकाे छ । प्रदेश कार्य समितिका लागि सभापती १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ३ (१ महिला सहित ) र प्रदेश सदस्य ५१ जना रहने छन ।

प्रदेश सभापतिका लागि नेता बिरबहादुर बलायरलाई सभापति सर्वसम्मत रूपमा बनाउने प्रयास भईरहेकाे छ । यद्दपी प्रदेश सभापतिका आँकाक्षी कैलाली सभापति नरनारायण शाह र अछामका गाेविन्दबहादुर शाह सहमत छैनन । उनीहरू सभापति पदबाट पछि हट्ने मनसायमा छन ।

प्रदेशमा सभापतिका आकाक्षी थपिने क्रम जारी छ । दिवानसिंह विष्टका वशेष पात्र मानिएका गाेपालसिंह गुरूङ पनि सभापतिका आँकाक्षा व्यक्त गरेका छन ।

यसअघि, सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाही(अछाम), पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंग बहादुर सिंह (बझाङ), कैलाली जिल्ला सभापति नरनारायण शाह, कैलाली निर्वाचन क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दबहादुर बोहरा र डोटीका महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?