राप्रपाका अध्यक्षले गरे २३५ जना प्रतिनिधि मनोनित

लोकपथ
1.9k
Shares

काठमाडौं । महाधिवेशन गरिरहेको राप्रपामा २३५ जना महाधिवेशन प्रतिनिधि अध्यक्षत्रयले मनोनित गरेका छन् । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना मनोनित गरिएको हो ।

यसअघि बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेको थियो भने अब त्यसमा २३५ जना थप हुनेछन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ भने नेतृत्वको दौडमा कमल थापा र राजेन्द्र लिङ्देन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?