राप्रपा महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक

लोकपथ
533
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधिको सूची प्रकाशित भएको छ । निर्वाचन कमिटीका एक सदस्यका अनुसार बिहीबार राति ४४७१ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक गरिएको हो । त्यसमा थप ५ प्रतिशत प्रतिनिधि मनोनयन अध्यक्षत्रयले गर्न बाँकी नै रहेको उनको भनाइ छ ।

निर्वाचन समितिका ती सदस्यका अनुसार राजेन्द्र लिङ्देन पक्षले प्रतिनिधिमा चलखेल भएको आरोप लगाएपछि दुईदिनसम्म मिहीन ढंगले छानबिन गरेर मतदाताको सूची सार्वजनिक गरिएको हो। ती सूचीमा भोलि बिहानसम्म दावी विरोध गर्ने समय दिइएको र त्यसपछि अन्तिम सूची प्रकाशित गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?