यसकारण विश्वविद्यालयलाई अनुमति दिएनन् : बिजुक्छेँ

लोकपथ
52
Shares

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पूर्वाग्रही सोचकै कारण भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने स्वीकृति नपाएको बताएका छन् ।

भक्तपुर नगरपालिकाले वडा नं ७ हनुमानघाटस्थित छिपा ताँको पूर्वतिर निर्माण गरिएको मौलिक शैलीको खोह्र दीप ध्वाखा र छिपा ताँको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । विगत १० वर्ष अगाडिदेखि भौतिक संरचना र अरु सबै प्रावधान पूरा गरेर स्वीकृति माग गर्दा पनि सत्तामा रहेका दलहरूले पूर्वाग्रह राखेर ख्वप विश्वविद्यालय सञ्चालनको अनुमति नदिएको उनले बताए

बिजुक्छेँले जनताको सहयोगबाट निर्मित खोह्र दीप ध्वाखा मौलिक, कलात्मक र निकै आकर्षक भएकोे चर्चा गर्दै सम्पदा संरक्षणमा भक्तपुरका जनताको अपनत्व र समर्पणभावको उच्च प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?